शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुग्यो, दुर्गा प्रसाईं सम्पर्कविहीन

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुग्यो, दुर्गा प्रसाईं सम्पर्कविहीन

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्तपुर पुग्यो, दुर्गा प्रसाईं सम्पर्कविहीन

    राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउको तयारी थालेको छ । प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली उनको घर भक्तपुर पुगेको छ । 

    दुर्गा प्रसाईं सम्पर्कविहीन भएका छन् । पक्राउ गर्न हिँडेको प्रहरी टोलीले उनको भक्तपुरको घरमा खोजी गर्दा उनी भेटिएका छैनन् । प्रसाईंलाई पक्राउ गर्न उपत्यका प्रहरी कार्यालयको टोली र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ । 

    तर, उनी सम्पर्कविहीन भएका छन् । प्रहरी अधिकारीका अनुसार उनको खोजी तीब्र पारिएको छ । प्रसाईंको नेतृत्वमा प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीले तीनकुनेमा अराजकता मच्चाएका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा परेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको हो ।

    त्यस्तै प्रदर्शनकारीले एक घरमा लगाएको आगोमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको छ । गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रसाईंलाई पक्राउ गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले उनलाई पक्राउ गर्ने तयारी थालेको हो ।

    राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुनेमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । केही अझैँ घाइते छन् । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार