Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

त्रिभुवन विमानस्थल बाहिर राजावादीको आगजनी, उडान प्रभावित

राजावादी प्रदर्शनकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आगजनी गर्दा उडान प्रभावित भएको छ । 

उग्र बनेका राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका हुन् ।

आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । ‘४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ’, उनले भने ।