राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुनेबाट भागेका छन् । उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा चढेर तीनकुनेबाट निस्किएका हुन् ।
त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै गएको छ ।
राजसंस्था फर्काउने आन्दोलनका कमान्डर दुर्गा प्रसाई तीनकुने आएलगत्तै तनावको स्थिति सृजना भएको हो ।प्रदर्शनकारीहरू सुरक्षा घेरा तोडेर तीनकुनेबाट बानेश्वरतर्फ जान लागेपछि प्रहरीले अश्रुग्यास हानेको थियो ।
त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेको हो । झडप शुरू भएर सभा विथोलिएपछि पूर्वराजावादी नेताहरू भागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्