Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

राजावादी प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक

काठमाडौंको तीनकुनेमा राजावादीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।

तीनकुनेमा राजावादीको प्रदर्शनले उग्र बनेको छ । प्रदर्शनकारीले प्रहरीले अश्रुग्यास प्रहार गर्ने ग्यास गन (बन्दुक) नै खोसेका छन् ।

राजावादी समर्थकलाई प्रदर्शन गर्न काठमाडौँ प्रशासनले तीनकुने क्षेत्र तोकेको थियो । तर, प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर बानेश्वतर्फ अघि बढेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । प्रहरीले रोकेपछि प्रदर्शनकारीले उनीहरूमाथि नै ढुंगामुढा प्रहार गरेका थिए ।

प्रहरीमाथि आक्रमण हुन थालेपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गर्न प्रयोग गर्ने गन नै प्रदर्शनकारीले खोसेर भागेका छन् । तीनकुनेमा प्रदर्शनकारीले व्यक्तिको घरमा ढुंगामुढा गर्नुका साथै आगजनी पनि गरेका छन् ।