Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

कंगोमा सशस्त्र समूहको आक्रमणमा परेकालाई नेपाली सेनाले गर्‍यो उद्धार

कंगोमा सशस्त्र समूहको आक्रमणमा परी घाइते भएका ६ स्थानीयलाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । 

संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति मिसनमा खटिएको चण्डीदल गणले उद्धार गरेर उनीहरूलाई गाण हेडक्वार्टरमा रहेको लेभल १ अस्पतालमा पुर्‍याएको हो ।

nepal army(1) - Copy.jpeg

त्यहाँ प्राथमिक उपचार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत बुनियास्थित लेभल २ अस्पताल लगिएको नेपाली सेनाले जानकारी दिएको छ । 

लोधा आईडीपी क्याम्पमा बस्ने ६ जना स्थानीयमाथि त्यहाँको सशस्त्र समूहले आक्रमण गरेको थियो ।