शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका किशोरको मृत्यु

बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका किशोरको मृत्यु

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका किशोरको मृत्यु

    बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एसईईका परीक्षार्थी आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको मृत्यु भएको छ । 

    आरुघाट गाउँपालिका–४ थुमीस्थित बूढीगण्डकीमा बुधबार बेलुकी पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

    इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतको प्रहरी टोलीले खोजतलास गर्दा नदीले बगाएको ठाउँभन्दा १ किलोमिटर तल गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए। ‘चार-पाँच जना साथीसहित पौडी खेल्न जाँदा नदीले बगाएको रहेछ,’ उनले भने ।

    आर्खेतको फुटबल मैदान नजिकैको बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको उनले बताए । आरुघाट–१ स्थित गणेश माविका विद्यार्थी गुरुङ आर्खेतको गण्डकी माविबाट एसईईमा सहभागी विद्यार्थी हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार