Jul 17 2026

Jul 17 2026 | शुक्रवार, श्रावण १ गते २०८३

बूढीगण्डकीले बगाउँदा एसईई दिँदै गरेका किशोरको मृत्यु

बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एसईईका परीक्षार्थी आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको मृत्यु भएको छ । 

आरुघाट गाउँपालिका–४ थुमीस्थित बूढीगण्डकीमा बुधबार बेलुकी पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको थियो ।

इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतको प्रहरी टोलीले खोजतलास गर्दा नदीले बगाएको ठाउँभन्दा १ किलोमिटर तल गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए। ‘चार-पाँच जना साथीसहित पौडी खेल्न जाँदा नदीले बगाएको रहेछ,’ उनले भने ।

आर्खेतको फुटबल मैदान नजिकैको बूढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको उनले बताए । आरुघाट–१ स्थित गणेश माविका विद्यार्थी गुरुङ आर्खेतको गण्डकी माविबाट एसईईमा सहभागी विद्यार्थी हुन् ।