शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा

इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा

     इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ।इटहरीको सबैभन्दा अग्लो १० तले भवनमा बिहान साढे ९ बजेदेखी आगलागी भएको थियो । प्लाजाको पाँचौं र छैटौं तलामा बिहान साढे ९ बजेदेखि लागेको आगलागी ६ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरिक्षक योगराज खतिवडाले जानकारी दिए ।

    आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन बढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो । यस्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो।

    प्लाजाको बिभिन्न तलामा फसेका ८ पुरुष र तीन महिला गरी ११ जनाको सकुशल उद्धार गरिएको थियो । तीन जनाको काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । आगलागी भएको भवनमा होटेल, सिनेमा हल, बैङ्क, सुपर मार्केट, कपडाका पसल, मोबाइल तथा इलेकट्रोनिक्स ठूला पसलहरू सञ्चालनमा रहेका छन् ।

    आगलागीको कारण भने खुल्न नसकेको र क्षतिको बिवरण संकलन भइरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट