शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ग्रामीण सडकः मार्ग खुलको १४ वर्षपछि बल्ल स्तरोन्नति

ग्रामीण सडकः मार्ग खुलको १४ वर्षपछि बल्ल स्तरोन्नति

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • ग्रामीण सडकः मार्ग खुलको १४ वर्षपछि बल्ल स्तरोन्नति

    म्याग्दीको मंगला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ। विसं २०६७ मा स्थानीयवासीले चन्दा संकलन गरेर खोलेको यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरका वडा नं १ र २ का बस्ती जोडिन्छ ।

    बेनी–दरवाङ सडकमा पर्ने भाइवाङ खोलाबाट सुरु हुने सडकको प्रवेशबिन्दुबाट काफलचौर हुँदै सल्ल्यान खण्डको सडक रु दुई करोड १५ लाखको लागतमा स्तरोन्नति भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । बाटो स्तरोन्नति गर्न ती वर्ष लागेको हो ।

    सडकलाई वर्षाको पानीबाट जोगाउन निकासका निम्ति नाली, भूक्षय रोक्न टेवा र ग्यावियन पर्खाल निर्माण गरेर पाँच सय ३८ मिटर ढलान गरिएको छ । भाइवाङखोलाको प्रवेशबिन्दुबाट एक सय १० मिटर सडक छ मिटर फराकिलो बनाएर ढलान पनि गरिएको छ ।

    यसअघि भरजुला–थाइवाङ खण्ड गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत रु ३० लाख लागतमा स्तरोन्नति भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार