Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

इटहरीको सेन्ट्रल प्लाजामा आगलागीः हालसम्म ११ जनाको उद्धार

सुनसरीको इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको उद्धार भएको छ।गृहमन्त्री रमेश लेखकको सचिवालयका अनुसार हालसम्म ११ जनाको उद्धार भएको हो ।

नेपाली सेनाको हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ । अहिले प्लाजाभित्र अन्यको खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको टोली खटिएका छन् ।

fire (2)2025-03-26-12-22-46.jpg

विभिन्न पालिकाका १२ वटा दमकल पनि घटनास्थलमा छन् । बुधबार बिहान साढे ९ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । इटहरी चोकबाट पूर्व काँकडभिट्टा रोडको उत्तरतर्फ रहेको सेन्ट्रल प्लाजाको पाँचौ तलाबाट आगलागी सुरू भएको थियो।

अहिले पाँचौं, छैटौं र सातौं तलमा आगो लागिरहेको सुनसरी प्रहरीले जनाएको छ । नौं तलाको यो भवनमा होटेल वरन्डा, वरन्डाको रेस्टुरेन्ट, क्युएफेक्स्को सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर, पसलहरू छन् । होटेलभित्र काठका सामग्री धेरै भएकाले आगो भित्रभित्रै फैलिएको हो । आगलागीको कारण खुलिसकेको छैन ।