शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः अर्का इन्स्पेक्टर र हवल्दार कारागार चलान

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः अर्का इन्स्पेक्टर र हवल्दार कारागार चलान

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः अर्का इन्स्पेक्टर र हवल्दार कारागार चलान

    पोखरामा ब्यारेकभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बल निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जना प्रतिवादी कारागार चलान भएका छन् ।

    कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार आत्महत्या दुरुत्साहन मुद्दामा तनहुँ भानु नगरपालिकास्थित सशस्त्रको नम्बर–२३, मनकामना गणमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र पोखरा–१४, लामापाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत् हबल्दार रेशमबहादुर शाहीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी उनी गत १० फागुनमा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकको महिला शौचालय नजिक झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

    विवेकसँग महतको प्रेम सम्बन्ध रहेको दाबीसहित उनीविरुद्ध महत परिवारले घटनाको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएको थियो । घटनाको अनुसन्धानका लागि जोशीसहित शाही पक्राउ परेका थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट