शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सिंहदरबार छिर्न खोजेपछि कुलमानका समर्थक पक्राउ

सिंहदरबार छिर्न खोजेपछि कुलमानका समर्थक पक्राउ

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • सिंहदरबार छिर्न खोजेपछि कुलमानका समर्थक पक्राउ

    ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले पक्राउ परेको छ । 

    निषेधित क्षेत्र सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा बहुमतका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी पनि लगाएका थिए ।

    कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् ।

    निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार