Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दिल्ली यू–१९ टोलीमाथि नेपाली युवा टोलीको शानदार जित

आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपालले भारतको दिल्ली यू–१९ टोलीमाथि शानदार जित निकालेको छ । 

तीन खेलको श्रृंखला अन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपाल यू–१९ टिमले दिल्ली डिस्ट्रिक्ट क्रिकेट एशोसियसनको यू–१९ टिमलाई ५ विकेटले पराजित गरेको हो ।

वीरगञ्जको नारायणी क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्‍यो । नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए भने रोशन विकले २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २३ ओभर २ बलमा अलआउट हुँदै ९५ रनमात्र बनाएको थियो । दिल्लीका लागि साथक पालले सर्वाधिक २९ रन बनाएका थिए । 

बलिङ्तर्फ नेपालका लागि सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान ३–३ तथा विपिनप्रसाद शर्मा र अशोक धामीले २–२ विकेट लिएका थिए । विश्वकप छनोटको तयारीमा रहेको नेपालको यू–१९ टिमले दिल्लीसँग दोस्रो खेल चैत १४ र तेस्रो खेल चैत १६ गते खेल्ने छ ।