Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाइएको विरोधमा माइतीघरमा प्रदर्शन

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा मंगलबार (चैत १२) माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो । घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले ‘आयोजक नेपाली जनता’ लेखिएको ब्यानर बोकेका थिए ।

उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घिसिङको पक्षमा नारा लगाएका थिए । घिसिङ समर्थकले ‘भ्रष्ट सरकार चाहिँदैन, लोडसेडिङ गर्न पाइँदैन,’ ‘ऊर्जामन्त्री राजीनामा देऊ’लगायत नारा लगाएका थिए ।

स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले माइतीघरमा ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । माइतीघरबाट उनीहरू र्‍यालीसहित नयाँ बानेश्वरतर्फ लागेका थिए । 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।