Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

'कुलमान नेपाली कुलकै उज्यालो हुन, अन्धकार बनाउन हुँदैन थियो‘

वरिष्ठ कलाकार हरिवंश आचार्यले कुलमान नेपाली कुलकै उज्यालो भएको टिप्पणी गरेका छन्।

सोमबार मन्त्री परिषद्को बैठकबाट नेपाल विद्युत प्राधिकरणका प्रमुख घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन्।

आचार्यले कुलमानसँगको तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन। अन्धकार बनाउन हुँदैन थियो।‘

सरकारको उक्त कदमलाई लिएर चौतर्फी आलोचना भइरहेको छ।