Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक, लेखियो - केपी चोर, देश छोड !

नेपाल विद्युत प्राधिकरण चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ ।

प्राधिकरणको भरतपुर, चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको र ह्याक भएको डिजिटल बोर्डमा 'केपी चोर, देश छोड !' लेखिएको छ।

 

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो ।

विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ । बोर्ड कसले ह्याक गरेको हो ? भन्ने विषय अनुसन्धानको विषय भएको चितवन प्रहरीले जनाएको छ ।