शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

    दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी शाहले जानकारी दिए ।

    आगो नियन्त्रणका लागि दाङ लगायत बाँके , बर्दिया , कपिलवस्तु र रूपन्देहीबाट दमकल ल्याइएको भएपनि  आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

    उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डीएसपी शाहले जानकारी दिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार