शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कुलमानलाई हटाइएपछि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा बढाइयो सुरक्षा सतर्कता

कुलमानलाई हटाइएपछि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा बढाइयो सुरक्षा सतर्कता

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कुलमानलाई हटाइएपछि विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा बढाइयो सुरक्षा सतर्कता

    सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा सतर्कता बढाइएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    त्यसपछि रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन हुनसक्न सम्भावनालाई ध्यानमा राखेर प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ । एकीकृत समाजवादी निकट जनसंगठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ । उनीहरूले मंगलबार बिहान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहन समेत गरेका छन् ।

    bidhyut2025-03-25-11-48-26.jpg

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले घिसिङलाई हटाएकोमा विरोध गरेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्रै पनि घिसिङलाई हटाइएका चर्को असन्तुष्टि छ ।

    घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद बैठकमै र कांग्रेस नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको आलोचना गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट