शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिवशंकर हत्या प्रकरणः उनकै श्रीमती पक्राउ

शिवशंकर हत्या प्रकरणः उनकै श्रीमती पक्राउ

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • शिवशंकर हत्या प्रकरणः उनकै श्रीमती पक्राउ

    धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमतीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीले शिवशंकरकी श्रीमती सिर्जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।शिवशंकरको हत्या भएपछि प्रहरीले श्रीमतीलाई समेत आशंका गर्दै अनुसन्धान अघि बढाएको थियो । मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको प्रहरीले जनाएको छ । शिवशंकरको शव महोत्तरीको गौशाला नगरपालिका–८ सागरनाथ वनमास्थित रेल्व ट्र्याकबाट करिब १०० मिटर दक्षिणतर्फ फेला परेको थियो ।


    प्रहरीका अनुसार शवको प्रकृति हेर्दा गर्धनमा धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ । हत्यापछि घिसारेर केही पर लैजान खोजेको जस्तो समेत देखिएको छ । शवको आइतबार सनाखत भएको थियो । शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ । शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए । प्रहरीका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सिर्जनासँगै १० महिने छोरासहित ससुराली घर बर्दिबास नगरपालिका–५ पशुपतिनगर बन्द्र जान भनी निस्केका थिए । तर उनी ससुराली पुगे(नपुगेको प्रहरीले केही खुलाएको छैन ।

    कुनै रिसिईबीका कारण हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । अर्कोतर्फ भने हत्या भएका शिवशंकर करिब डेढ महिना पहिला मात्रै मुम्बईबाट धनुषा आएका थिए । कुनै प्रेम सम्बन्धमा रहेका कारण उक्त समूहले हत्या गरेको हुनसक्ने भन्दै अनुसन्धान अघि बढाइएको छ ।

    मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट सिर्जनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएर एउटामा १० महिने छोरासहित सिर्जना र अर्कोमा शिवशंकर चढेको भाइ रामको भनाइ छ । शिवशंकरलाई मोटरसाइकलमा लैजाने व्यक्तिको समेत पहिचान भइसकेको जयसवारले बताए ।

    शिवशंकरको परिवारका अनुसार केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई सिर्जनाले नाना ९हजुरबुबा० को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएको भाइ रामको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार