Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम निर्विरोध निर्वाचित भएका छन्।

संघको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संघको वरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजीप्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुङ्गटा, सचिवमा प्रेमचन्द्र गोयल, सुशान्त चाचान, सहकोषाध्यक्षमा निरज अग्रवाल र सहसचिवमा नरेश टिवडेवाल चयन भएका छन्।

यस्तै सहसचिवमा अनुप अग्रवाल निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए। पदाधिकारीमध्ये सहसचिव पदका लागि मात्र मतदान भएको थियो।

संघको विधानमा १२ जना पदाधिकारी रहने व्यवस्था छ।