Jul 09 2026

Jul 09 2026 | बिहिवार, आषाढ २५ गते २०८३

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

ए.ई.आई.एनको आर्थिक सहयोगमा ग्रामीण मुखी युवा अभियान नेपालद्धारा संचालित पिछडिएका समुदायको समाजिक तथा आर्थिक रुपान्तरणका लागि सक्षम वातावरण सिर्जना  “रुपान्तरण कार्यक्रम”  अन्तगत पशु स्वास्थ्य शिविर कार्यक्रम ब्रहम्पुरी गाँउपालिकामा सम्पन्न भएको छ । 

कार्यक्रमको उदघाटन गाँउपालिका अध्यक्ष श्री रामपदार्थ साह तेलिको अध्यक्षतामा, प्रमुख अथितिमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रलयका सचिव डा. उमेश दहाल, विशिष्ट अथिति दुध विकासका संस्थानका कार्यकारी निर्देकशक, अथिति भेटनरी अस्पताल तथा विज्ञ केन्द्र सर्लाहीका प्रमुख उपेन्द्र सिह र गाँउपालिका कर्मचारीहरु, रोयम नेपालका कर्मचारीहरु तथा सेवाग्रहीहरुको उपस्थितिमा राष्ट्रिय गान वाचन गरि गरिएको थियो । 

WhatsApp Image 2025-03-22 at 21.54.13_57c016e8.jpg

कार्यक्रमको सुरुवातमा अथिति तथा सहभागिहरुलाई स्वागत मन्तवय रोयम नेपालका जिल्ला कार्यक्रम संयोजक अरविन्द कुमार चौधरीले गरेका थियो भने मन्तव्य अथितिहरुले राखेका थियो । निःशुल्क पशु स्वास्थ्य शिविर जिल्ला भेटनरी अस्पताल तथा विज्ञ केन्द्र तथा व्रहम्पुरी गाँउपालिकाको समन्वयमा सम्पन गरिएको थियो ।

शिविरका गाई, भैसि, गोरु, तथा वाख्राहरुको उपचार गरिएको थियो । कार्यक्रमको समयमा करिव १०० वटा भैसी, ५ वटा गाई , २ वटा गोरु तथा ११०० भन्दा वढि वाख्राँलाई उपचार गरिएको थियो । शिविरमा धेरै पशुहरुलाई रुघाखोकी, किरा लागेको, खान नरुचने, ज्वरो, घाउ खटिरा जस्ता विमारी लिएर आएका पशु अधिकृत श्याम यादवले वताएका थिए । 

WhatsApp Image 2025-03-22 at 21.54.12_0f473fde.jpg

शिविर विहान ९ वजे देखि दिउसो ४ वजे सम्म संचालन गरिएको थियो । शिविरमा आउने पशुहरु व्रहमपुरी १ र २ नं.वडाहरुको मात्र भएको ले कार्यक्रमको अनुगमन वडा अध्यक्षहरु ज्युवाट गरिएको थियो । 

यसका कार्यक्रममा पशुहरुलाई जिल्ला भेटनरी अस्पतालका डाक्टर, मधेश प्रदेशका मन्त्रलयका डाक्टर, तथा पालिकावाट पशु शाखाका कर्मचारीहरुवाट उपचार गराईएको थियो ।