Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

चट्याङ लागेर किशोरको मृत्यु

दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । 

दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घर नजिक रहेको भैसी गोठमा पानी परेपछि भैसीहरू भित्र सार्ने क्रममा परेको चट्याङ टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि आफन्तहरुले दुल्लु अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको हो । 

मृतकको शव अहिले दुल्लु अस्पतालमा राखिएको छ ।