Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

खाजाघरमा प्रेसर कुकर पड्किँदा एक घाइते

काठमाडौंको एक खाजाघरमा प्रेसरकुकर पड्कँदा एक जना घाइते भएका छन् । 

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर-३ तीनपिप्लेमा रहेको उज्ज्वल तथा सम्पन्न खाजाघरमा आलु उसिनिरहेको प्रेसर कुकर पड्किँदा सोही ठाउँ बस्ने २३ वर्षीय विशाल तामाङ घाइते भएका हुन्  ।

आज  बिहान उक्त खाजाघरमा खाजा खान आएका तामाङ  प्रेसर कुकरको ढक्कन तथा तातोपानीले जलन हुँदा उनी घाइते भएका हुन् ।

उनलाई उपचारको लागि किर्तिपुर अस्पताल लगिएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।