Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गोरखनाथ मन्दिरको दर्शन

शुक्रबार गोरखा आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले यहाँस्थित गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन्।

शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले दुई घण्टा लगाएर विशेष पूजा आराधनामा गरेका थिए। साथै उनले गोरखा दरबारको अवलोकन पनि गरेका छन्।

485161135_23874606715474159_5220689947306227661_n.jpg

गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहलाई राज्य विस्तारको आशीर्वाद मिलेको जनविश्वस छ। राजसंस्था पुनस्स्थापनाको माग उठिरहेको समयमा पूर्वराजा शाह गोरखा पुगेर गरेको पूजालाई विशेष महत्वका साथ हेरिएको छ।

शाह मन्दिर जानुपूर्व बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्‍याली गरेका थिए।