Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न

प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।