Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको  दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको  दर्ज्यानी चिह्न प्रदान गरे । 

त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।