Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

दुर्गा प्रसाईको दाबीः ट्रकबाट बरामद २५ करोड माओवादीको हो

राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईले सोमबार टोखामा ट्रकबाट बरामद भएको २५ करोड रकम माओवादी केन्द्रको भएको दाबी गरेका छन् ।

आज बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा ठूला नेताको संलग्नता रहेको दाबी गरे । प्रसाईले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको दावी गरे।उनले भने, ‘हिजो पक्रिएको पैसा नेता र सुन तस्करको पैसा हो ।’

उनले पछिल्लो पटक समातिएको रकम माओवादीको भएको र माओवादी निकट तिब्बतीले लगिरहेको बताए । अवैधरुपमा चीनमा रकम जाने र त्यताबाट सुन भारत जाने गरेको उनको दावी छ ।

उनले चैत १५ गते राजा फर्काउनका लागि जनविद्रोह थालिने दावी गरे। प्रहरीले करिब २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी अवैध मुद्रासहितको ट्रक र चालकलाई नियन्त्रणमा लिई हिजो पत्रकार सम्मेलन गरेको थियो ।

उक्त रकम कसको हो रु र कुन प्रयोजनका लागि लगिँदै थियो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।