Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

पाटनमा १०० मत खसेपछि रोकियो मतदान, आरआरमा नेविसंघको नाराबाजी

पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ। मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले जानकारी दिएका छन् ।

‘आधा घण्टाअघि मतदान रोकिएको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ,’ उनले भने । पाटनमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो ।

आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । गए राति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । जसका कारण निर्वाचन प्रभावित भयो ।


अहिले बानेश्वर बहुमुखी क्याम्पसमा भने मतदान सुरु भएको छ । यहाँ विहान नेविसंघले सर्वदलीय बैठक आह्वानको माग गर्दै प्रदर्शन गरेको थियो । यस्तै, त्रिचन्द्रमा विद्यार्थीहरुले ताला फुटाएर अध्ययन सुरु गर्न आग्रह गरेका छन् । अस्कलमा तालाबन्दी नै छ ।