Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

मोरङमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु, ८ घर जलेर नष्ट

मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ ।

धनपालथान ६ को कदमा गाउँमा मंगलबार दिउँसो देखि सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक बालबालिकाको परिचय भने खुलेको छैन ।

आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

आगलागीबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।