Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

विपद् व्यवस्थापनका लागि नेपाल र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु

विपद् व्यवस्थापनमा आधारित रही सोमबारदेखि काठमाडौँमा  मल्टिनेसनल प्लानिङ अगुमेन्टेसन टिम टेम्पटेस्ट एक्सप्रेस अभ्यास सुरु भएको छ।

विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबिच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी सञ्चालन गरिएको उक्त अभ्यास चैत १४ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।

नेपाली सेना तथा अमेरिकी इन्डोपाकमको संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेनाका २५ सहित अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरूका ५८ जना र विभिन्न १५ देशका ३७ गरी कुल ९५ जनाको सहभागिता रहेको छ।

कार्यक्रममा नेपालका लागि अमेरिकाका महामहिम राजदूत डीन आर थम्पसन, बलाध्यक्ष रथी प्रदीप जङ्ग केसी, रथी, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरूका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।