Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु

चन्द्रागिरि नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर–८ स्थित निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेर सल्यानको कालीमाटी गाउँपालिका–४ की ५ वर्षीया पूर्णिमा थापाको मृत्यु भएको हो ।

पोखरीमा डुबेको फेला परेपछि बालिकाका बुवा घनश्यामले तत्काल बलम्बुस्थित एपीएफ अस्पताल पुर्‍याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।