Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रोनाल्डोको गोलमा अल नासरको शानदार जित

अल नासरले अल खोलुउदलाई पराजित गरेको छ । गए राति सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३–१ गोल अन्तरले विजयी भएको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक गोल गरेका थिए । त्यस्तै अल खोलुदका लागि अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सीमित भएको थियो। यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै अल खोलुदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।