Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

हङकङले नेपाललाई दियो १०५ रनको लक्ष्य

युगाण्डामा जारी वुमेन्स डे कप टी–२० आई सिरिजमा हङकङले नेपाल सामु १०५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको हो । हङकङका लागि सान्जिन सहजादले ५४ रन बनाइन् ।

नेपालका लागि राजमती ऐरीले ३, क्याप्टेन इन्दु बर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले समान एक विकेट लिए। फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा यसअघि खेलेका ५ मध्ये ४ खेलमा हार व्यहोरेको छ।

५ मध्ये ३ मा जित निकालेको हङकङ भने नेपालविरुद्ध जारी खेलमा जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछ। हङकङले नेपालविरुद्धको पहिलो खेलमा भने २ रनको जित निकालेको थियो ।