Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

जनता असन्तुष्ट किन छन्? रवि, कुलमान र बालेनको नाम लिएर संसद्‌मा सरकारको आलोचना (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको ब्यंग्य गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा उनले यस्तो ब्यंग्य गरेका हुन्। उनले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाए।  उनले वर्तमान सरकारले कुलमानलाई लखेट्ने तयारी गरिरहेको आरोपसमेत लगाए। उनले सहकारी पीडितको समस्या समस्या समाधान गरिदिनुस् भन्दा सरकारले ‘रविलाई थुन्यौँ त’ भनेर जवाफ दिने गरेको ब्यंग्य गरे। 

‘हामीले सरकारलाई जनतालाई माया गरिदिनुस् भन्छौँ उहाँका कार्यकर्ताले रङ्गशालामा मान्छे कुट्छन्। हामी सरकारले देशलाई माया गरिदिनुस् भन्छौँ‚ उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ‚’ उनले भने, ‘हामी सहकारी पीडितले न्याय पाउन भन्छौँ उनीहरु रविलाई थुन्यौँ त भन्छन्। हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् न भन्छौँ उनीहरु बालेनको कर्मचारी खोसेँ त भन्नुहुन्छ।’

उनले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताए।