'कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्थाको अन्त्य भयो'
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई व्यवस्था बदल्न राजावादीलाई साथ दिन आग्रह गरेका छन् ।
मंगलबार (फागुन २७) बिहान भक्तपुरस्थित आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “हामी (राजावादी)लाई साथ दिनुस्, सुरुमा व्यवस्था परिवर्तन गरौँ,” उनले भने, “अनि मात्रै विकास हुन्छ ।”
लामिछानेलाई पक्राउ गरेर हिरासतमा राखिँदा आफूहरूले विरोध गरेको प्रसाईंले बताए । “हिजो केके नै गर्छु भनेर आउनुभएको थियो । तपाईंलाई लात हानेर थुने,” उनले भने, “त्यति बेला हामीले तपाईंलाई साथ दिएका थियौँ । तर, तपाईंले तिनै प्रचण्ड, देउवा र केपी ओलीसँग हिजो वार्ता गर्नुभयो ।”
विवादित व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका छन् । आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर गरेका कारण राजसंस्थाको अन्त्य भएको आरोप लगाएका हुन् ।
साथै उनले अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आएको बताए । ‘२०७२ सालमा कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले प्रश्न गर्दै भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’
उनले माहोल बनेपछि आएका कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश व्यक्त गरे । ‘चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुपर्यो रे । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?,’ उनले प्रश्न गर्दै भने, ‘राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं, तपाइँ रथ चलाउनू । ’
त्यस्तै उनले कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे । ‘पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ । तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे,’ उनले