Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावादीले सडक तताउनु आवश्यक छैनः शंकर पोखरेल

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीले सडक तताउन आवश्यक नरहेको बताएका छन् ।

आज रौतहटमा आयोजित प्रेस चौतारी नेपालको दोस्रो प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानमा उल्लेखित सेवा सुविधा राज्यको तर्फबाट प्राप्त गर्नु भएको छ । यति हुँदा समेत अहिले राजावादीलाई संविधानको मार्गभन्दा बाहिर गएर होहल्ला गर्नु आवश्यक छैन् ।’

राजतन्त्रभन्दा लोकतन्त्र नै जनमुखी रहेको दाबी गर्दै नेता पोखरेलले विकासको सवालमा जनस्तरमा प्रचारप्रसार नभएकै कारण शासन प्रणालीमाथि प्रश्न उब्जिएको धारणा राखे । अहिले मधेसी जनताको पहिलो रोजाई नेकपा एमाले रहेको उनको भनाइ थियो ।

कार्यक्रमकाबीच नेकपा एमालेका मधेस प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टीले गरेको विकास गतिविधिको सम्बन्धमा यहाँका आमसञ्चार चुकेको बताए ।