Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

पत्र काटेको २४ घण्टा नबित्दै राप्रपाले तिर्‍यो काठमाडौं महानगरलाई एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना तिरेको छ । महानगरले गरेको जरिवाना तिरेको राप्रपा नेता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् । महानगरले पत्र काटेको २४ घण्टा पनि नबित्दै राप्रपाले जरिवाना बुझाएको हो ।

शाहीले भनेका छन्, ‘हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौँ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् महानगर, नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौँ, रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौ।’

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए । यस क्रममा महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवानाको पत्र काटेको थियो ।