Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आज तोलाको कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १ हजार ९८५ रुपैयाँमै कारोबार भएको छ । 

अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ९८५ रुपैयाँमै कारोबार भएको थियो ।