Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

विमानस्थलमा यसरी गरियो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत (भिडियोसहित)

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् । करिब एक महिना कास्की र आसपासका क्षेत्रमा बिताएर उनी एक विमान चार्टर्ड गरेर पोखराबाट काठमाडौं भित्रिएका हुन् ।

उनी त्रिभुवन विमानस्थलमा भित्रिँदा राजावादी समूहले स्वागत गरेका थिए । उनी अहिले भर्खरै विमानस्थलबाट बाहिरिएका छन् । 

विमानस्थलमा यसरी गरियो पूर्वराजा ज्ञानेन्द्र शाह स्वागत भिडियो हेर्नुहोस्-

पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलबाहिर राजावादीहरू पुगेका छन् । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरूले नाराबाजी सुरू गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम छ । राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरू अहिले विमानस्थल बाहिर भेला भएका हुन् ।