पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
राप्रपा लगायत राजनीतिक दल र संगठनहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर पुगेका हुन् । प्रदर्शनका कारण विमानस्थल बाहिरको क्षेत्र प्रभावित बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र व्यवस्थाविरुद्ध नाराबाजी गरेका हुन् ।
उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । पोखरालगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किन लाग्दा राजतन्त्रका समर्थकहरूले स्वागतका लागि विमानस्थलमा भेला हुन लागेका हुन्।

राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईंलगायतका राजावादी संगठनहरूले पूर्वराजालाई काठमाडौंमा स्वागत गर्ने तयारी गरेका छन् । पूर्वराजाको स्वागतका लागि भेला भएको समूहले अहिलेको व्यवस्था र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।