Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

राजावादी र संविधान विरोधीका गतिविधि हेरेर नबस्न सरकारलाई सांसद मोहम्मद खालिदको आग्रह

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताएको छन् ।

आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट बोल्दै जसपा नेपालका सांसद मोहम्मद खालिदले प्रश्न गरे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ यस्तो चाहना पूरा हुन नसक्ने उनको आग्रह छ । साथै सरकारलाई संविधान विरोधी गतिविधि हेरेर नबस्न जसपा नेपालका सांसद खादिलको आग्रह छ ।

‘सरकारले आफ्नो दायित्व पूरा गरोस्,’ उनले भने, ‘सरकारको केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पुर्‍याउनै पर्छ ।’ सांसद खालिदले राजनीतिक दलहरूले राजावादीको गतिविधिबारे पार्टीको धारणा स्पष्ट गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

बरु वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था बदल्न सक्ने हिम्मत देखाउन र जनताको विश्वास जित्नतिर लाग्न उनको आग्रह छ ।