नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि पुरुष, महिला, यू १९ र यू १६ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
आज (शनिबार पत्रकार सम्मेलन गरी क्यान सचिव पारस खड्का सहितका पदाधिकारीले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो । क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला र घरेलु क्रिकेटका प्रतियोगिताहरू समावेश रहेको छ ।
पत्रकार सम्मेलनमा क्यानले नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीको नयाँ प्रशिक्षक पनि अब केही दिनभित्र नियुक्त गर्ने पनि जानकारी दिइएको छ । यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुने क्यान सचिव पारस खड्काको भनाइ छ । नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग–२ खेल्ने छ ।
यस्तै, खड्काका अनुसार ट्वान्टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुनेछ ।
आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्ने छ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ । महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वान्टी–२० सिरिज खेल्ने क्यानले जनाएको छ । घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण नोभेम्बरमा सुरु हुनेछ । प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने कार्यतालिका छ । क्यानले खेलाडीको नयाँ ग्रेडिङ पनि छिटै सार्वजनिक गर्ने बताएको छ ।

पुरुष घरेलु प्रतियोगिता
जय ट्रफी पुरुष एलिट कप
पिएम कप जिल्ला र प्रदेश
पिएम कप
राष्ट्रिय टी–२० च्याम्पियनसिप
दशौं राष्ट्रिय खेलकुद
नेपाल ए टिम सिरिज
नेपाल ए टिम सिरिज
कोचिङ र क्युरेटर्स कोर्ष
अम्पायरिङ कोर्ष
एनपिएल मिनी अक्सन
नेपाल ए टिम टुर (भारत-बंगलादेश)
प्रदेश स्तरीय प्रतियोगिताहरू
नेपाल प्रिमियर लिग
महानगरपालिका कप
पुरुष अन्तर्राष्ट्रिय
हङकङ सिरिज (अप्रिल ९–१३– हङकङ, नेपाल, कतार, नामिबिया)
विश्वकप लिग–२ अघि युके भ्रमण (मे १५–३०)
आइसिसी विश्वकप लिग–२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स– जुन २–१२)
स्कटल्याण्डविरुद्ध नेपाल टी–२० सिरिज
टी–२० विश्वकप छनोटको तयारी (श्रीलंका)
भारतका विभिन्न स्थानमा पकेट क्याम्प
अस्ट्रेलियाको नेपाल भ्रमण (टी–२० विश्वकप छनोट तयारी)
टी–२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
विश्वकप छनोट (अक्टोबर १–१७,ओमान)
यूएईमा विश्वकप लिग–२ (युएई, अमेरिका,नेपाल– अक्टोबर २३–नोभेम्बर ४)
हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग–२ र ओमानसँग तीन खेलको टी–२० सिरिज (डिसेम्बर २०२५)
महिला अन्तर्राष्ट्रिय
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसँग सिरिज
दुई साताको बन्द प्रशिक्षण
युगान्डामा चार देशीय सिरिज
भुटानको नेपाल भ्रमण
महिला टी–२० विश्वकप छनोट–थाइल्यान्ड
महिला इमर्जिङ टिम्स एसिया कप – थाइल्यान्ड
नेपाल टी–२० सिरिज– नेपाल, मलेसिया र युएई
श्रीलंकाको नेपाल भ्रमण (प्रस्तावित)
नेपालमा युगान्डा, युएई र नेदरल्यान्ड्सको सिरिज
महिला घरेलु
प्रधानमन्त्री कप
दसौं राष्ट्रिय खेलकुद
महिला एलिट कप–५० ओभर
पोखरा वा भैरहवामा क्याम्प