Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

श्रम मन्त्रालय घुसको अड्डा बन्यो, दैनिक ७५ लाखसम्म असुली हुन्छः सांसद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) का कार्यबहाक सभापति तथा सांसद डोलप्रसाद अर्याल (डीपी) ले श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व श्रममन्त्री समेत रहेका अर्यालले उक्त आरोप लगाएका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घुस संकलन गर्ने अड्डा बनेको अर्यालको भनाई छ । सांसद अर्यालले भने, ‘श्रम मन्त्रालय घुसको अड्डा बनेको छ । ताहाचल कार्यालयमा प्रतिदिन ७५ लाखसम्म घुस संकलन हुने र डिजी र मन्त्रीसम्म पुग्ने जानकारी हामीले पटक–पटक गराए पनि त्यो कार्य रोकिएको छैन ।’


ताहाचल श्रम कार्यालयमा प्रतिदिन ७५ लाख घुस संकलन हुने जानकारी भए पनि मन्त्रीले र वैदेशिक रोजगार विभागका महाप्रबन्धकले कुनै वास्ता नगरेको उनले बताएका छन् ।