Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

कमल थापाको चेतावनीः पूर्वराजाको स्वागत कार्यक्रमलाई नियन्त्रण गरे प्रतिकार हुन्छ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने बताउँदै संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका हुन् । राप्रपा नेपालसहितका राजावादी दलहरु र अभियानहरुले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने क्रममा भव्य स्वागतको तयारी गरेको सन्दर्भमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्ः राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिन्छ । राजादेखि सर्वसाधारण जनतासम्म कसैले पनि यो संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछ र जनताले प्रतिकार गर्न वाध्य हुनेछन् । चेतना भया ।