Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सन्दीपले ‘पीएम कप’ गुमाउने, बागमतीको कप्तानी पृथु बास्कोटाले गर्ने

स्टार लेग स्पिनर सन्दीप लामिछाने प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट गुमाउने भएका छन् । स्वास्थ्य अवस्थाका कारण उनले यो प्रतियोगिता खेल्न नसक्ने भएका हुन्। 

बागमती प्रदेशले बिहीबार नियमित कप्तान सन्दीपलाई बाहिर राखेर टिम घोषणा गरेको थियो । घोषित १५ सदस्यीय टोलीमा पृथु बास्कोटालाई कप्तान बनाइएको छ । सन्दीपले आफू खेल्न असमर्थता जनाएपछि पृथुलाई कप्तानी दिइएको हो ।

गत माघ ९ गते सन्दीपले हर्नियाको शल्यक्रिया गराएका थिए । सो पश्चात् उनी पूर्णरुपमा फिट भइसकेका छैनन्। उनलाई चिकित्सकले अझै केही दिन मैदानमा नफर्किन सुझाव दिएको स्रोतले बतायो । 

प्रधानमन्त्री कप फागुन २५ देखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन मैदानमा आयोजना हुँदैछ । यस प्रतियोगितामा ७ प्रादेशिक र ३ विभागीय गरी १० टोलीको सहभागिता छ ।