Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

बलात्कार मुद्दामा पक्राउ परे एकीकृत समाजवादीका नेता

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता बलात्कार मुद्दामा पक्राउ परेका छन् ।

समाजवादीका गण्डकी प्रदेश उपाध्यक्षसमेत रहेका स्याङ्जाका जिल्ला समिति अध्यक्ष विष्णु गिरीलाई जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो ।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको फागुन २ गते अनुमति दिएको थियो ।

त्यसपछि अदालतको पुर्जीअनुसार गिरीलाई घरबाटै पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।