Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो?

स्थानीय बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । आज प्रतितोला सुनको मूल्य नौ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । 

मङ्गलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।