Jun 07 2026

Jun 07 2026 | आइतवार, जेठ २४ गते २०८३

सरकार र नेपाल एलपी ग्यास उद्योगबीच कमिसन बढाउने सहमति, आन्दोलन फिर्ता

खाना पकाउने ग्यासको कमिसन बढ्ने भएको छ । सरकार र नेपाल एलपी ग्यास उद्योगबीच ग्यासको कमिसन मूल्य १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको हो ।   

कमिसन बढाउने सहमति भए पनि तत्काल उपभोक्ता मूल्य भने नबढ्ने नेपाल आयल निगमले जनाएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विगत ६ वर्षदेखि कमिसन वृद्धि नभएपछि बिक्रेताले पीडीओ उठाउन मानेका थिएनन् । 

सरकारले खाना पकाउने एलपी ग्यासमा सहुलियत दिइरहेको छ । जसअनुसार सरकारलाई प्रतिसिलिन्डर ३३० रुपैयाँ घाटा छ । संघको कमिसन थपिँदा उक्त घाटा ३४२ रुपैयाँ ७५ रुपैयाँ पुग्ने उनको भनाइ छ । 

संघले आन्दोलन सुरु गरेपछि सरकारसँग मंगलबार सहमति भएको ठाकुरले जानकारी दिए । सहमतिपछि एलपी ग्यास उद्योग संघले आन्दोलन फिर्ता लिएको छ ।