Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्स वन वर्ल्ड–२०२४ मा जित्यो सात प्रतिष्ठित अवार्ड

टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रालिले सात उत्कृष्ट पुरस्कार जितेको छ । यसले गर्दा नेपालले अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित हुन पुगेको छ। सिप्रदीले ‘पिओनीरिङ्ग ईभी एक्सपेन्शन’ (इलेक्ट्रिक वाहन विस्तार) को लागि विशेष मान्यता प्राप्त गरेको छ।

यसले नेपालले शून्य–उत्सर्जन सवारी साधनको क्षेत्रमा अघि बढ्ने प्रतिबद्धता पुनः स्थापित गरेको छ । सिप्रदी ट्रेडिङ्गले नेपालमा सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सेदारी कायम गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ । यसले नेपाललाई कमर्सियल सवारी साधन क्षेत्रमा अग्रणी स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यो सफलता ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल हो ।


सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘हामी ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारी साधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ । यो सफलता हाम्रा सबै ग्राहकहरूलाई समर्पित छ । जसले हामीमाथि विश्वास गर्नुभयो र टाटा गाडीलाई पहिलो रोजाइ बनाउनु भयो । नेपालले हरेक वर्ष आफ्नो स्थान बलियो बनाउँदै गएको छ र यो सफलता हाम्रो प्रतिबद्धताको प्रमाण हो ।’

सिप्रदीले इलेक्ट्रिक वाहन (ईभी) को क्षेत्रमा विस्तार गर्दै शून्य–उत्सर्जन सवारी साधनको प्रवद्र्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ । यसले गर्दा नेपालले हरित प्रविधि र स्थायित्वको दिशामा अझ बढी प्रगति गर्ने अपेक्षा छ । यसरी, सिप्रदी ट्रेडिङ्गले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा उच्च स्थानमा पुर्याउँदै, ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नयाँ प्रविधिमा अग्रसर हुने आफ्नो प्रतिबद्धता कायम राखेको छ।