Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालविरुद्ध म्यानमारको अग्रताः दुई मिनेटमै दुई गोल

नेपालविरुद्ध म्यानमारले दुई गोलको अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमारले अग्रता बनाएको हो। 

६२ औं मिनेटमा यू पर कियोङले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी हुन् । त्यसको २ मिनेटपछि नै म्यानमारका लागि क्याप्टेनले गोल गर्दै अग्रता दोब्बर बनाएक‍ी हुन् । 

लेबनन र कीर्गिस्तान समेत सहभागी चार देशीय च्याम्पियनसिपको लिग चरणमा शीर्ष दुई भित्र रहँदै नेपाल र म्यानमारले फाइनल खेलेका हुन् । लिग चरणमा यी दुई टिमले २२ गोलको बराबरी खेलेका थिए ।