Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल–म्यानमार फाइनल खेलः पहिलो हाफ गोलरहित बराबरी

फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाल र म्यानमारबीचको फाइनल खेलको पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट कुनै पनि गोल हुन सकेको छैन । दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सफल भने हुन सकेका छैनन् ।

पहिलो हाफको २४ औ मिनेटमा सान थथको सशक्त प्रहार नेपाली डिफेन्डर विमला विकले गोललाईनबाट उत्कृष्ट बचाउ गरिन् । खेलको ३५ औं मिनेटमा साम्बाको हेडर गोलरक्षकले क्लीयर गरिन् त्यसकै रिवाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारका डिफेन्डरले क्लियर गर्दा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो ।